बालेनलाई सबैभन्दा बढी भोट एमालेले नै हाल्नेछन् : मिलन पाण्डे
सारांश
- युवा नेता मिलन पाण्डेले काठमाडौँका मेयर बालेन शाहको झापाबाट चुनाव लड्ने निर्णयको बचाउ गरेका छन्।
- उनले बालेनको कदमलाई रवि लामिछानेको चितवनको जितसँग तुलना गर्दै नयाँ राजनीतिको विस्तार भनेका छन्।
- पाण्डेका अनुसार, बालेनले झापामा जित्ने र एमालेकै कार्यकर्ताको मत पाउने दाबी गरेका छन्।
काठमाडौँ । वैकल्पिक शक्तिको वकालत गर्दै आएका युवा नेता मिलन पाण्डेले काठमाडौँका मेयर बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने निर्णयको बचाउ गरेका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै सुरुमा बालेनको यो निर्णय गलत लागे पनि अहिले विश्लेषण गर्दा सही लागेको बताएका हुन्।
पाण्डेले २०७९ को चुनावमा रवि लामिछानेले चितवनबाट जितेर नयाँ राजनीतिलाई काठमाडौँ बाहिर पुर्याएको उदाहरण दिँदै बालेनको कदमलाई पनि सोही रूपमा अर्थ्याएका छन्। पाण्डेका अनुसार बालेनले यसअघि नै काठमाडौंमा कांग्रेस र एमालेलाई हराएर स्वतन्त्र नेतृत्व स्थापित गरिसकेका छन्।
उनले यो निर्वाचन जेनजी आन्दोलनको नतिजा भएको उल्लेख गरेका छन्। बालेनले आन्दोलनको एजेन्डालाई समर्थन गरेको र एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको विरोध गरेकाले झापा-५ को प्रतिस्पर्धा चुनाव मात्र नभई जनमत सङ्ग्रह नै हुने उनको तर्क छ।
पाण्डेले झापामा बालेनले शानदार रूपमा जित्ने दाबी समेत गरेका छन्। उनले बालेनलाई सबैभन्दा बढी भोट एमालेका कार्यकर्ताले नै हाल्ने जिकिर गरेका छन्। ओलीबाट सबैभन्दा पीडित नै सच्चा एमाले भएको भन्दै उनले उनीहरूको मत बालेनले पाउने विश्लेषण गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण