एन्फाको आगामी वर्षका लागि डेढ अर्बको बजेट पारित
बुधबार, ३० पुस २०८२, १२ : २१
सारांश
- एन्फा कार्यसमिति बैठकले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको बजेट पारित गर्यो।
- बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट स्वीकृत गर्ने निर्णय गरेको हो।
- एन्फाले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदनलाई अनुमोदन गर्यो।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ (सन् २०२६) का लागि कुल १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँको बजेट स्वीकृत गर्ने निर्णय गरेको हो। एन्फा प्रवक्ता सुरेश शाहका अनुसार बैठकले बजेट पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ को संघको लेखा परीक्षण प्रतिवेदनलाई पनि अनुमोदन गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण