कामपाले गर्यो आगामी तीन वर्षको आयव्यय प्रक्षेपण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी तीन वर्षको आयव्यय प्रक्षेपण गरेको छ । आज कामपाको उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले, आन्तरिक आयका स्रोत, राजस्वको क्षेत्र र दायरा तथा खर्चको लेखाजोखा गर्दै आयव्यय प्रक्षेपण गरेको हो ।
बैठकले आव २०८३/८४ का लागि रु १५ अर्ब १३ करोड ३० लाख ५५ हजार, आव २०८४/८५ का लागि रु १५ अर्ब ५१ करोड ८१ लाख ६० हजार र आव २०८५/८६ का लागि रु १५ अर्ब ९८ करोड ८६ लाख ६५ हजार आय अनुमान गरेको छ ।
कामपाको आव २०८१/८२ को यथार्थ आय रु १० अर्ब ७४ करोड ४४ लाख ५४ हजार हो । कामपाले चालु आर्थिक वर्षका लागि रु १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार आय लक्ष्य राखेको छ । जसमध्ये अहिलेसम्ममा रु पाँच अर्ब ६९ करोड आय सङ्कलन भएको छ ।
व्ययतर्फ आव २०८३/८४ का लागि रु २७ अर्ब ६२ करोड ५७ लाख ७५ हजार एक सय, आव २०८४/८५ का लागि रु ३० अर्ब ३८ करोड ८३ लाख ५२ हजार ६१० र आव २०८५/८६ का लागि रु ३३ अर्ब ४२ करोड ७१ लाख ८७ हजार ८७१ अनुमान गरिएको छ ।
बैठकमा आम्दानी र खर्चको तुलनात्मक विश्लेषण गर्दै संयोजक डङ्गोलले, आयले खर्च नियन्त्रण प्रणाली स्थापित गर्दै जानुपर्ने बताइन् । उनले भनिन्, “आम्दानी र खर्च प्रक्षेपणलाई वास्तविक बनाउन आधार, तथ्य र व्यवहारिकता अध्ययनका लागि तेस्रो पक्षबाट सेवा लिएर तथ्य निकाल्नुहोला ।”
स्थानीय सरकारको बजेट, नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न प्रमुख अध्यक्ष रहने स्रोत अनुमान निर्धारण समिति रहने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ मा भएको व्यवस्थाअनुसार समितिमा उपप्रमुख र कार्यपालिका सदस्यमध्ये दलित, अल्पङ्ंख्यक पर्ने गरी प्रमुखले तोकेका चार जना सदस्य रहन्छन् ।
समितिको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । समितिले आफूलाई प्राप्त हुने आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण गर्छ ।
यसबाट सन्तुलित वितरणको खाका र बजेटको सीमा निर्धारण गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण