गार्नाचोले जगाएको चेल्सीको आश : आर्सनलसँगको पहिलो लेगमा गोलको वर्षा
सारांश
- आर्सनलले चेल्सीलाई ३-२ ले पराजित गर्दै कारबाओ कपको सेमिफाइनलमा अग्रता लिएको छ।
- चेल्सीका गोलकिपर सान्चेजको गल्ती र गार्नाचोको दुई गोलले खेल रोमाञ्चक बनेको थियो।
- आर्सनल पछिल्ला १० खेलमा अपराजित छ भने चेल्सीले नयाँ प्रशिक्षकको नेतृत्वमा घरेलु मैदानमा हार बेहोर्यो।
लण्डन । कारबाओ कपको सेमिफाइनल पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३–२ ले पराजित गरेको छ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको तनावपूर्ण खेलमा गोलकिपर रोबर्ट सान्चेजको गल्ती टोलीका लागि महँगो साबित भयो। यद्यपि, वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका अलेजान्ड्रो गार्नाचोले दुई गोल गर्दै चेल्सीको फाइनल पुग्ने सम्भावनालाई जीवितै राखेका छन्।
खेलको सातौँ मिनेटमै आर्सनलले अग्रता लिएको थियो। डिक्लान राइसको कर्नर बललाई चेल्सीका किपर सान्चेजले ठम्याउन नसक्दा बेन ह्वाइटले नजिकैबाट हेडिङमार्फत गोल गरे।
दोस्रो हाफको सुरुवातमै सान्चेजले पुनः अर्को गल्ती गरे। उनले क्रस बललाई नियन्त्रणमा लिन नसक्दा भिक्टर ग्योकेरेसले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए। यस सिजन सेट–पिसबाट गोल गर्ने आर्सनलको लय कायमै देखियो।
चेल्सीका नयाँ प्रशिक्षक लियाम रोजेनियरले टोली २–० ले पछि परेपछि गार्नाचोलाई मैदान पठाए। गार्नाचोले ५७औँ मिनेटमा पेड्रो नेटोको क्रसलाई जाली चुमाउँदै खेलमा फर्किने सङ्केत गरे।
तर, आर्सनलका मार्टिन जुविमेन्डीले उत्कृष्ट कौशल देखाउँदै डिबक्स भित्रबाट गोल गरेर आर्सनललाई पुनः ३–१ को स्थितिमा पुर्याए। खेलको अन्तिमतिर आर्सनलका किपर केपा एरिजाबालागाको फितलो क्लियरेन्समा गार्नाचोले भलीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर कम गरे।
आर्सनल सबै प्रतियोगितामा गरी पछिल्ला १० खेलमा अपराजित छ। अर्कोतर्फ, चेल्सीले पछिल्ला १३ खेलमध्ये ३ खेल मात्र जितेको छ। नयाँ प्रशिक्षक रोजेनियरका लागि घरेलु मैदानमा यो पहिलो र निराशाजनक हार हो।
यी दुई टोलीबिचको दोस्रो लेग फेब्रुअरी ३ मा आर्सनलको एमिरेट्स स्टेडियममा हुनेछ। फाइनल पुग्ने टोलीले म्यानचेस्टर सिटी वा न्यूक्यासलमध्ये एकको सामना गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण