खोटाङको चिसापानी बजार सडक निर्माण तीव्र
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित चिसापानी बजारको सडक ढलानको काम तीव्रगतिमा अगाडि बढाइएको छ । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको पुरानो तथा प्रमुख बजारमध्येमा पर्ने चिसापानी बजारको सडक ढलान हुने भएपछि लामो समय पश्चात मुहार फेर्न लागेको छ ।
गाउँपालिकाको केन्द्रमा पर्ने चिसापानी बजार क्षेत्रभित्रका सडक ढलानका लागि छुट्टाछुट्टै दुईवटा योजना बनाएर काम सुरु गरिएको छ । ठेक्का प्रणालीमार्फत सुरु गरिएको दुवै सडक ढलान योजनाको भौतिक प्रगति करिब ४० प्रतिशत सम्पन्न भएको गाउँपालिकाका प्रमुख इन्जिनियर रमेशकुमार यादवले जानकारी दिए ।
चिसापानी बजार ढलानका लागि भ्याटसहित रु एक करोड चार लाख ४२ हजार ३३ तथा गाउँपालिका जाने बाटो ढलानका लागि रु ५९ लाख १३ हजार ७३४ लागतमा ठेक्का लगाइएको छ । चिसापानी बजार ढलानको जिम्मा वियान्सा अग्रिम जेभीले लिएको छ भने, गाउँपालिका जाने बाटो ढलानको जिम्मा जेमपिया हिल्स कन्सट्रक्सन प्रालिले लिएको प्रमुख इन्जिनियर यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण