भिरबाट लडेर एक जनाको मृत्यु
बिहीबार, ०१ माघ २०८२, १४ : ५८
दार्चुला । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बुधबार महाकाली नगरपालिका–२ दल्लेख धार क्षेत्रमा स्थानीय ४० वर्षीय राम सिंह डोबाल र ३६ वर्षीय पदम साहु भिरबाट लडेर घाइते भएका थिए ।
घाइते अवस्थामा उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएकोमा उपचारकै क्रममा डोबालको मृत्यु भएको अस्पतालले जनाएको छ ।
घाइते साहुको अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण