सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

देउवा समूहले आयोगमा बुझायो पार्टीका ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको प्रमाण (तस्बिरहरू)

शुक्रबार, ०२ माघ २०८२, ११ : १६
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर फिर्ता लिएको प्रमाण निर्वाचन आयोगमा बुझायो।
  • कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन आयोगमा हस्ताक्षर फिर्ताको निवेदन पेश गरियो।
  • गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन विधानसम्मत नभएको देउवा समूहको भनाइ छ।

काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ ।

शुक्रबार बिहान निर्वाचन आयोगमा दलबलसहित पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहितको प्रमाण बुझाएको हो ।

congress-leader-election-c (1)

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी महामन्त्री थापाकै नेतृत्वमा नयाँ कार्यसमिति बनाएका छन् । त्यो विशेष महाधिवेशन विधानसम्मत नभएको भन्दै देउवा समूह शुक्रबार निर्वाचन आयोग पुगेको थियो । 

विशेष महाधिवेशनको प्रमाण नपुग्ने आधार भन्दै हस्ताक्षर फिर्ताका प्रमाण आयोगमा बुझाएको कार्यवाहक सभापति खड्काले जानकारी दिए । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी 

congress-leader-election-c (2)congress-leader-election-c (3)congress-leader-election-c (4)congress-leader-election-c (5)congress-leader-election-c (6)congress-leader-election-c (7)congress-leader-election-c (8)congress-leader-election-c (9)congress-leader-election-c (10)congress-leader-election-c (11)congress-leader-election-c (12)congress-leader-election-c (13)congress-leader-election-c (14)congress-leader-election-c (15)congress-leader-election-c (16)congress-leader-election-c (17)congress-leader-election-c (18)congress-leader-election-c (19)congress-leader-election-c (20)congress-leader-election-c (21)

congress-leader-election-c (1)congress-leader-election-c (2)congress-leader-election-c (3)congress-leader-election-c (4)congress-leader-election-c (5)congress-leader-election-c (6)congress-leader-election-c (7)congress-leader-election-c (8)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप