जर्जियाको ‘वर्ल्ड राइजिङ स्टार’ मा नेपाललाई शीर्ष उपाधि
सारांश
- जर्जियामा भएको वर्ल्ड राइजिङ स्टारमा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जितिन्।
- समृद्धिले ४० भन्दा बढी देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्न सफल भइन्।
- प्रतियोगितामा प्रनिक थापाले 'ग्राण्ड प्रिक्स ट्यालेन्ट' उपाधि जिते, भने राज बराइलीले उत्कृष्ट डाइरेक्टरको अवार्ड पाए।
काठमाडौँ । जर्जियाको तिब्लिसीमा सम्पन्न आठौँ संस्करणको ‘वर्ल्ड राइजिङ स्टार’ मा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जितेकी छन् । ‘डीसएस स्टार सिजन १६’ को डान्सिङ विधाको विजेता समृद्धिले ७ देखि १० वर्षको उमेर समूहको प्रतियोगितामा विश्वभरका ४० बढी देशका प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष ताज पहिरिएकी हुन् ।
समृद्धि काठमाडौँको तारकेश्वरस्थित युनाइटेड स्कलर्स एकेडेमीमा कक्षा ४ मा पढ्छिन् । प्रतियोगितामा समृद्धिसँगै गएका ‘डीएसए स्टार सिजन १५’ का विजेता प्रनिक थापाले ‘ग्राण्ड प्रिक्स ट्यालेन्ट’ उपाधि जिते । प्रनिक नागार्जुनस्थित काठमाडौँ भ्याली स्कुलमा कक्षा ३ पढ्छन् ।
प्रतियोगिता ८ देखि १३ जनवरीसम्म भएको थियो । नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रनिक र समृद्धिलाई जर्जिया पठाएको थियो । उनीहरूसँगै संस्थाका निर्देशक राज बराइली पनि जर्जिया गएका थिए । प्रतियोगितामा राज बराइलीले सर्वोकृष्ट अन्तर्राष्ट्रिय डाइरेक्टरको अवार्ड पाएका थिए ।
नेपाली प्रतियोगीले नेपाली कला, संस्कृतिको प्रस्तुतिसँगै नेपालको मौलिक खानाको प्रदर्शनीमा राखेका थिए । परिवर्तन इभेन्ट हाउसले यसअघि दुई पटक ‘वर्ल्ड राइजिङ स्टार’ मा प्रतिनिधित्व गरिसकेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण