कांग्रेस विभाजनबारे केपी ओली : यो चिन्ता र दुःखद हो
सारांश
- केपी शर्मा ओलीले नेपालको संविधान, सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनतामाथि आक्रमण नरोकिएको बताए।
- ओलीले न्याय निरूपण गर्ने निकायहरू त्रासमा बाचिरहेको र निर्वाचन आयोग निष्क्रिय रहेको आरोप लगाए।
- उनले कांग्रेस विभाजनप्रति दुःख व्यक्त गर्दै देश र डेमोक्रेसीका लागि लड्नुपर्ने बेला भएको बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान, सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनतामाथि आक्रमण नरोकिएको बताएका छन् । नेकपा एमाले राजधानी प्रदेश कमिटीले आयोजना गरेको निर्वाचन तयारी तथा कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
पछिल्लो समय धम्कीको भरमा निर्देशित भएर चल्नुपर्ने र अपराध कर्म ठिक हो भनेर हिँड्नुपर्ने अवस्था आएको ओलीको भनाइ छ । ‘न्याय निरूपण गर्ने निकायहरू त्रासमा बाचिरहेका छन् । त्रासबाट निर्देशित भएर निर्णय गर्नुपर्ने अवस्था छ । यति छर्लङ्ग हुँदाहुँदै पनि निर्वाचन आयोग बसिरहेको छ ।’
उनले कानुन र न्यायसम्मत गर्ने भए स्पष्ट रहेको कांग्रेसको विवादबारे भने, ‘नेपाली कांग्रेसको विशेष महाधिवेशन किन भएन । कसले बोलाउने भन्ने पनि थिति होला, बहुमत अल्पमत कायम गर्ने पनि थिति होला ।’
उनले कांग्रेस विभाजनको स्थितिमा पुग्नु दुःखद र चिन्ता भएको भन्दै नेताहरूले नै जानी बुझी किन यसो गरिरहेका छन् भनेर आश्चर्यचकित भएको बताए ।
‘यस्तो बेलामा जतिबेला संविधान कुल्चिएको छ, मिचिएको छ । प्रणाली घायल बनाइएको छ । त्यसका निम्ति लड्नुपर्ने कांग्रेस अनावश्यक पार्टी फुटाउनतिर लागेको छ’, उनले कसले र किन यस्तो भइरहेको छ भन्दै एमाले नेता कार्यकर्ताहरूले अहिले देश र डेमोक्रेसीका लागि लड्ने बेला भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
-
आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
-
प्रहरीलाई विपद् व्यवस्थापन सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण