निरजलाई लगातार दोस्रो पटक सूर्य नेपाल इस्टर्न ओपनको उपाधि
सारांश
- निरज तामाङले सूर्य नेपाल इस्टर्न ओपनको उपाधि दोस्रो पटक जिते, उनले उत्कृष्ट स्कोर बनाए।
- राहुल विश्वकर्मा दोस्रो भए र एमेच्योरतर्फको उपाधि जिते भने बलभद्र राई दोस्रो स्थानमा रहे।
- प्रतियोगितामा ५२ खेलाडीको सहभागिता रहेको थियो र कुल पुरस्कार राशि १० लाख ५० हजार थियो।
धरान । नेपालका नम्बर एक गल्फर निरज तामाङले सूर्य नेपाल इस्टर्न ओपनको उपाधि लगातार दोस्रो पटक जितेका छन्। धरान गल्फ क्लबमा शुक्रबार सम्पन्न सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको दोस्रो प्रतियोगितामा लोभलाग्दो स्कोरसहित उनले उपाधि रक्षा गरेका हुन्।
कूल ५४ होलको खेलमा १५–अन्डर १९५ को उत्कृष्ट स्कोर बनाएका निरजले एमेच्योर गल्फर राहुल विश्वकर्मालाई ६ स्ट्रोकले पछि पारे। करियरको चौथो उपाधि जित्ने क्रममा उनले नगद १ लाख ७० हजार रुपैयाँ प्राप्त गरे। निरजले अन्तिम राउन्डमा ३–अन्डर ६७ को कार्ड बनाएका थिए। उनले फ्रन्ट नाइनमा लगातार तीन बर्डी प्रहार गर्दै सानदार सुरुवात गरे पनि ब्याक नाइनमा केही बोगी खेपेका थिए। यद्यपि, अन्तिम होलहरूमा बर्डी निकाल्दै उनले जित सुनिश्चित गरे।
प्रतियोगितामा ९–अन्डर २०१ को स्कोरसहित राहुल विश्वकर्मा समग्रमा दोस्रो भए भने एमेच्योरतर्फको उपाधि जिते। प्रोफेसनलतर्फ अनुभवी गल्फर बलभद्र राईले ६–अन्डर २०४ को स्कोरसहित दोस्रो स्थान हासिल गर्दै १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे। अन्तिम दिन ५–अन्डर ६५ को उत्कृष्ट प्रदर्शन गरेका उनले आठ बर्डी प्रहार गरेका थिए। यस्तै, दिनेश प्रजापति समग्रमा चौथो र प्रोतर्फ तेस्रो हुँदै १ लाख रुपैयाँ पुरस्कार जित्न सफल भए।
पूर्व नम्बर एक गल्फर भुवन नगरकोटी र टङ्क बहादुर कार्कीले संयुक्तरूपमा चौथो स्थान बाँड्दै ७७–७७ हजार रुपैयाँ पाए। दोस्रो दिन होल–इन–वान गरेका जयराम श्रेष्ठले ५ हजार रुपैयाँ पुरस्कार पाए भने शीर्ष १८ मा पर्न सफल अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गरे। सूर्य नेपाल प्रालिको प्रायोजन र पीजीए नेपालको आयोजनामा भएको १० लाख ५० हजार कुल पुरस्कार राशिको यस प्रतियोगितामा ३० प्रो र २२ एमेच्योर गरी ५२ खेलाडी सहभागी थिए। प्रतियोगिताको औपचारिक समापन शनिबार हुने प्रो–एम खेलसँगै हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण