सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

प्राकृतिक सौन्दर्यले भरिपूर्ण मकालु पदमार्ग (तस्बिरहरू)

शनिबार, ०३ माघ २०८२, ०९ : ४१
शनिबार, ०३ माघ २०८२

काठमाडौँ । प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै शान्त पदमार्गमा हिँड्न चाहनेका लागि सङ्खुवासभाको मकालु पदमार्ग उपयुक्त रहेको छ ।

मकालु हिमाल ‘मकालु–वरुण राष्ट्रिय निकुञ्ज’ मा पर्दछ । सरकारले विसं २०४९ मा बनाएको यो निकुञ्जको क्षेत्रफल १,५०० वर्ग किमी छ । निकुञ्जको उचाइ ४३५ मिटरदेखि ८,४८५ मिटरसम्म छ । यसको पश्चिममा सगरमाथा राष्ट्रिय निकुञ्ज र उत्तरमा तिब्बतको चोमोलोङ्मा प्रकृति संरक्षण क्षेत्र पर्दछ ।

Makalu trek (2)

यस पदमार्गमा जाने पर्यटकहरू तुम्लिङटार वा खाँदबारीबाट ८ दिनमा मकालु बेसक्याम्प पुग्दछन् भने बेसक्याम्पबाट फर्केर ३ दिनमा तुम्लिङटार वा खाँदबारी फर्कने गर्दछन् ।

Makalu trek (3)

भोटे, राई, शेर्पा लगायत जातजातिको बसोबास रहेको सो क्षेत्रमा २ हजार १ सय मिटरको उचाइमा शेर्पा जातिको बसोबास रहेको टासीगाउँ पर्दछ र यस गाउँ भन्दा माथि कुनै गाउँ छैन , बास बस्नका लागि ठाउँ ठाउँमा होटल सुविधा भने रहेको छ । पदयात्रीहरू सेदुवा, टासीगाउँ, खोङ्मा डाँडा, दोबाटे, याङ्लेखर्क, लाङमाले हुँदै मकालु बेसक्याम्पमा बास बस्छन् । यात्रामा सिप्टन्ला भन्ज्याङ (४,२५६ मिटर) पार गर्नुपर्छ ।

Makalu trek (4)टासीगाउँमा प्रायः घरमा हिमाल आरोहणका लागि व्यावसायिक गाइड छन्। यहाँ व्यवस्थित होटल, हेलिप्याड, स्वास्थ्यचौकीको सुविधा छ भने भरिया पनि सहजै पाइन्छन्। टासीगाउँका युवकहरू पर्यटन व्यवसायमा संलग्न रहेका छन् ।

Makalu trek (5)

टासीगाउँबाट हिमाली घना जंगलको उकालो बाटो करिब ७ घण्टा चढेपछि ३ हजार ६ सय ६० मिटर उचाइको खोङडाँडा पुगिन्छ, जहाँ दुई घर मात्र छन्। यहाँबाट कुम्भकर्ण हिमशृंखला, कञ्चनजंघा हिमाल र मकालुको मनमोहक दृश्यलाई नजिकबाट नियाल्न सकिन्छ। यहाँ बास बसेपछि भोलिपल्ट सानो पोखरी, ठूलो पोखरी, ४ हजार २ सय ५० मिटर उचाइमा रहेको सिप्तन्ला भन्ज्याङ हुँदै पाँचौँ क्याम्प ३ हजार ८ सय ६० मिटर अग्लो दोबाटे पुगिन्छ।

Makalu trek (6)

दोबाटेबाट बरुणको बगरै बगर हुँदै छैटौँ क्याम्प याङ्ला खर्कमा बास बस्नुपर्छ। याङ्ला खर्कबाट ४ घण्टाको पदयात्रापछि ४ हजार ५ सय मिटर उचाइमा रहेको लाङ्माले क्याम्पमा एक दिन बास बस्नुपर्छ। लाङ्मालेबाट ४ घण्टा हिँडेर ५ हजार ९ सय मिटर उचाइमा रहेको मकालु बेस क्याम्प पुगिन्छ। यहाँ बस्तीका नाममा तीनवटा घर मात्र छन्, त्यसैले पर्यटकले टेन्टमै बस्नुपर्छ।

Makalu trek (7)

यस पदमार्गमा शिवधारा, ताडोसा, हामाफोजुङ (आमाछोरा) पहाड लगायतका धार्मिक महत्वका क्षेत्र समेत पर्छ भने मकालु क्षेत्रमा डाँफे, हिमाली काग, भ्याकुरा, मुनाल, कालिज, रेडपान्डा, विभिन्न प्रजातिका पुतली, जंगलमा विभिन्न प्रजातिका रंगीचंगी फूल अवलोकन गर्न सकिन्छ। 

Makalu trek (8)

विदेशीका लागि यो पदमार्ग खुलेको करिब आधा दशक मात्र भएको छ र प्रत्येक वर्ष सो पदमार्गमा विदेशी पर्यटक संख्या बढेको निकुञ्ज कार्यालयको तथ्याङ्कले देखाएको छ । गत वर्ष १ हजार ४ सय १४ पर्यटकले यो पदयात्रा पूरा निकुञ्ज कार्यालयले जानकारी दिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

Makalu trek (9)Makalu trek (10)Makalu trek (11)Makalu trek (12)Makalu trek (13)Makalu trek (14)Makalu trek (15)Makalu trek (16)Makalu trek (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप