गगन थापालाई बधाई दिँदै सुजाता कोइरालाले भनिन्– ‘परिवर्तनलाई हाँसेर स्वीकारौं’
सारांश
- सुजाता कोइरालाले गगन थापालाई पार्टी सभापतिमा बधाई दिँदै परिवर्तनलाई आत्मसाथ गर्न आग्रह गरिन्।
- उनले कांग्रेसभित्रको नेतृत्व परिवर्तनलाई स्वागत गर्न र देश तथा जनताको पक्षमा काम गर्न सुझाव दिइन्।
- कोइरालाले पार्टी एकढिक्का रहेको र कार्यकर्तालाई विचलित नहुन आग्रह गर्दै अर्को चुनावमा कांग्रेसलाई जिताउन आह्वान गरिन्।
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले गगन थापालाई पार्टीको नयाँ सभापतिका रूपमा बधाई दिँदै परिवर्तनलाई आत्मसाथ गर्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेकी छिन्।
शनिबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै कोइरालाले गगन थापाको नेतृत्वलाई पूर्ण समर्थन जनाएकी हुन्। नेतृ कोइरालाले मुलुक र जनताले परिवर्तन चाहेको उल्लेख गर्दै कांग्रेसभित्र आएको नेतृत्व परिवर्तनलाई डराएर नभई हाँसेर स्वागत गर्नुपर्ने बताएकी छिन्।
कोइरालाले गगन थापालाई नयाँ सभापतिको रूपमा बधाई दिँदै देश र जनताको पक्षमा काम गर्न सुझाव दिएकी छिन्। उनले भनिन्, 'नयाँ सभापति गगन थापालाई म बधाई दिन चाहन्छु। नेपाली कांग्रेसलाई राम्ररी हाँकेर, बीपीको विचार र गिरिजाबाबुको संगठनलाई नबिर्सी तपाईं अघि बढ्नुस्।'
उनले नेतृत्व परिवर्तन अलि छिटो भएको भए पनि यसलाई स्वभाविक रूपमा लिनुपर्ने बताइन्। 'अलि छिटो आउनुभयो, त्यति मात्र फरक हो,' कोइरालाले भनिन्।
पार्टीभित्रको विवाद र विभाजनको हल्लालाई खण्डन गर्दै नेतृ कोइरालाले नेपाली कांग्रेस एकढिक्का रहेको दाबी गरेकी छिन्। उनले पार्टीको झन्डा र चुनाव चिन्ह यथावत रहेको भन्दै कार्यकर्तालाई विचलित नहुन आग्रह गरिन्।
नेतृ कोइरालाले पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर धेरै कानूनी व्याख्या नगर्न पनि सुझाव दिएकी छिन्। उनले भनिन्, 'कानूनको व्याख्या धेरै नगर्नुस्। अहिले मुलुकले परिवर्तन चाहेको छ, त्यो परिवर्तनलाई हामीले स्वीकार्नुपर्छ।'
उनले निराश नहुन र अर्को चुनावमा सहभागी भएर कांग्रेसलाई जिताउन कार्यकर्तालाई आग्रह गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण