एन्फाद्वारा अदालतको आदेश लत्त्याउँदै धमाधम मनोनयन दर्ता
शनिबार, ०३ माघ २०८२, १३ : ००
सारांश
- एन्फाले पाटन उच्च अदालतको आदेशको बेवास्ता गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाएको छ।
- निर्वाचन तालिका अनुसार आज मनोनयन दर्ता गर्ने अन्तिम दिन हो, जसमा विभिन्न पदका लागि मनोनयन दर्ता भएका छन्।
- अध्यक्षमा कुमार केसी, वरिष्ठ उपाध्यक्षमा दीपक खतिवडाले मनोनयन दर्ता गराएका छन्।
काठमाडौँ । पाटन उच्च अदालतको आदेशको बेवास्ता गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्वाचन प्रक्रिया अगाडि बढाएको छ।
एन्फाले जारी गरेको निर्वाचन तालिकाअनुसार आज मनोनयन दर्ता गर्ने अन्तिम दिन हो । अन्तिम दिनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र सदस्य पदका लागि मनोनयन दर्ता भएको छ।
हालसम्म एन्फामा अध्यक्ष पदका लागि कुमार केसीले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दीपक खतिवडाले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्ष पदका लागि गणेशबहादुर चन्द, अनिल श्रेष्ठ, मबलहेन्द्र क्षेत्री र विजय घलेले मनोनयन दर्ता गराएका छन् ।
सदस्य पदका लागि कपिल राना मगर, भरत बुडथापा, देव नारायण चित्रकार, केशवकुमार कार्की, विनोद गुरुङ, शलिना श्रेष्ठ र कल्याणकुमार खड्काले मनोनयन दर्ता गराएका छन् ।


Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण