नेपालको संविधान उत्कृष्ट छ, संरक्षण गराैँ : पूर्वराष्ट्रपति यादव
काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको संरक्षणमा जोड दिएका छन् । सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा आयोजित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले साे कुरा बताएका हुन् ।
यादवले २०७२ सालको संविधान समावेशी, समानुपातिक, धर्मनिरपेक्षतासहितका विशेषताले उत्कृष्ट संविधान बनेको बताए । उनले लोकतन्त्र पुनःस्थापनाका लागि गोविन्द वियोगीले निर्वाह गरेकाे भूमिकाको सराहना समेत गरे । साथै उनले सम्पादक समाज नेपाली समाजलाई उन्नतिको मार्गमा रुपान्तरण गर्नेतर्फ लाग्नुपर्ने सुझाव समेत दिए ।
फरक प्रसङ्गमा उनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेको नेपाली कांग्रेस आजको अवस्थामा आइपुग्नु दुःखद भएको टिप्पणी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण