ट्रम्पको धम्कीपछि आकस्मिक बैठक बस्दैछन् युरोपेली देश
ब्रसेल्स । ग्रीनल्यान्ड किन्ने योजनाको विरोध गर्ने आठ युरोपेली सहयोगी देशहरूमाथि अतिरिक्त भन्सार महसुल (ट्यारिफ) लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि युरोपेली संघका केही देशका राजदूतहरू आइतबार आकस्मिक बैठक बस्दैछन् ।
फेब्रुरुअरी १ देखि लागु हुनेगरी ट्रम्पले डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्डस् र फिनल्यान्डमाथि १० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउँदै छन् ।
जुन १ देखि यसलाई बढाएर २५ प्रतिशतसम्म पुर्याइने भनिएको छ । महसुल अमेरिकाले ग्रिनल्याण्डको सम्पूर्ण र पूर्ण खरिदको लागि सम्झौता नगरेसम्मू कायम रहने बताइएको छ । नेटो सहयोगी राष्ट्रहरूको सामूहिक सुरक्षाका लागि लागि परेका सहयोगी राष्ट्रहरूमा कर लगाउनु पूर्णतया गलत भएको बेलायतका प्रधानमन्त्री केयर स्टारमरले भनेका छन् ।
यसलाई फ्रान्सका इमानुएल म्याक्रोँले अस्वीकार्य भनेका छन् । ट्रम्पको अधिग्रहण योजनाविरुद्ध शनिबार डेनिस सहरहरू साथै ग्रीनल्यान्डको राजधानी नुउकमा प्रदर्शनहरू आयोजना गरिएका थिए । आइतबार ईयूका राजदूतहरूको बैठक बस्दै छ, यो बैठक १६ः०० जीएमटीमा सुरु हुने युरोपेली संघका कूटनीतिज्ञहरूले बताएका रोयटर्सले समाचार छापेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण