अपडेट
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतबार, ०४ माघ २०८२, १६ : ५१
सारांश
- निर्वाचन आयोगले आज राति १२ बजेबाट निर्वाचन आचारसंहिता २०८२ लागू गर्ने भएको छ।
- आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ र माघ ६ गते उम्मेदवारी मनोनयनको समय तोकिएको छ।
- निर्वाचन आचारसंहिता कार्यान्वयनबारे आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँग छलफल गरेका थिए।
काठमाडौँ । निर्वाचन आयोगले आजै राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गर्ने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुनले भनिन्, ‘आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुन्छ’
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । त्यसका लागि माघ ६ गते मङ्गलवार उम्मेदवारी मनोनयनको समय तोकिएको छ । यसअघि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ तयार पारेर राजपत्रमा प्रकाशित गरिसकेको छ ।
निर्वाचन आचारसंहिता कार्यान्वयनबारे आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँग छलफल गरेका थिए । निर्वाचन आचारसंहिता लागू भएपछि सरकार तथा दलहरूले सोही अनुसार आफ्ना गतिविधि गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण