नेकपाका १२ जना केन्द्रीय सदस्यले राजीनामा दिए
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका १२ केन्द्रीय सदस्यले उम्मेदवार सिफारिस नभएपछि राजीनामा दिएका छन्।
- उनीहरूले पार्टी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै राष्ट्रियसभा र समानुपातिकमा छनोट नभएकोमा असन्तुष्टि जनाएका छन्।
- वामदेव गौतमको अभियानबाट आएका १२ सदस्यमध्ये कोही पनि छनोट नभएपछि सामूहिक राजीनामा दिएका हुन्।
काठमाडौँ । उम्मेदवार सिफारिस नभएपछि नेपाली कम्युनिस्ट पार्टीका १२ जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।
पार्टी एकता हुँदा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट १२ जना केन्द्रीय सदस्य जोडिएका थिए । संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनीहरूले राष्ट्रियसभा, समानुपातिक र प्रत्यक्षतर्फ एक जना पनि छनोट नभएकोमा अपमानित महसुस गरेका छन् ।
‘छोटो समय भए पनि हजुरको पार्टी र हजुरको जम्बो केन्द्रीय समितिमा रहेर काम गर्न मौका दिनुभएकोमा धन्यवाद । हामी वामदेव गौतमको एकता राष्ट्रिय अभियानबाट यस पार्टीमा १२ जना केन्द्रीय सदस्य जोडिएका थियौँ । अभियानबाट आएका साथीहरूमध्ये राष्ट्रियसभा, समानुपातिक तथा प्रत्यक्षतर्फ १ जना पनि छनौट हुन नसकेकोले हामी सबै जना असक्षम भएको महसुस भएकाले नैतिकताको आधारमा यस पार्टीमा रहिरहनु उपयुक्त नभएकाले हामीले सामूहिक राजीनामा दिई स्वतन्त्र बस्ने निर्णय गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ ।
राजीनामा दिनेमा विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता लगायत १२ जना केन्द्रीय सदस्य रहेका छन् ।
_nnLuvk8Rrd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण