तमन्नाको ‘आज की रात’ले बनायो रेकर्ड
मुम्बई । फिल्म ‘स्त्री–२’ मा अभिनेत्री तमन्ना भाटियाको डान्स नम्बर ‘आज की रात’ले एक नयाँ उपलब्धि हासिल गरेको छ । यो गीतले युट्युबमा आधिकारिक रूपमा १ अर्ब अर्थात् १०० करोड भ्युज पाएको छ ।
गीतको यो सफलतामा अभिनेत्री तमन्ना भाटियाले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन् । उनले गीतको सुटिङका झलक सेयर गर्दै लेखेकी छन् , ‘पहिलो भ्युदेखि १ बिलियम भ्युजसम्म । तपाईंहरू सबैको मायाका लागि धेरै–धेरै धन्यवाद ।’ उनले सेयर गरेको भिडियोमा कोरियोग्राफर विजय गांगुली र टोलीका अन्य सदस्यहरूसँग रमाइलो गरिरहेको र रिहर्सल गरिरहेको देखिएकी छन् ।
‘आज की रात’ श्रद्धा कपूर र राजकुमार राव अभिनित ब्लकबस्टर फिल्म ‘स्त्री–२’ को गीत हो । यो आइटम डान्समा तमन्ना भाटियाले उत्कृष्ट नृत्य प्रस्तुत गरेकी छन् । गीतमा मधुबन्ती बागची र दिव्य कुमारको स्वर छ । गीतका शब्द अमिताभ भट्टाचार्यले लेखेका हुन् भने संगीत सचिन–जिगरले दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण