२० वर्षपछि देव गुरुङ जन्मथलो फर्कँदै, लमजुङमा हरिजंग तामाङ ‘उत्तराधिकारी’
सारांश
- २०६४ मा मनाङबाट निर्वाचित माओवादी नेता देव गुरुङले फेरि मनाङ रोजेका छन्।
- हरिजंग तामाङलाई लमजुङमा टिकट दिइएको छ र उनले आफूलाई गुरुङको उत्तराधिकारीको रूपमा प्रस्तुत गरेका छन्।
पोखरा । २०६४ सालमा मनाङ र कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित माओवादी नेता देव गुरुङले आफ्नो क्षेत्र मनाङ रोजे । २०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचन माओवादीबाट फुटेको मोहन वैद्य समूहले बहिष्कार गरेको थियो । गुरुङले वैद्यलाई साथ दिएका कारण उनी निर्वाचनमा सहभागी भएनन् ।
२०७३ मा केही नेताहरू माओवादीमा फर्किए । देव गुरुङ सोही समयमा माओवादी फर्किएका हुन् । २०७४ मा एमाले र माओवादी मिलेर नेकपा बनेपछि लमजुङमा गुरुङलाई उम्मेदवार बनाइयो । उनी निर्वाचित पनि भए । तर, २०७९ को चुनावमा भने कांग्रेससँग मिल्दा पनि उनले जित्न सकेनन् ।
अहिलेको चुनावमा गुरुङले जन्मथलो रोजेका छन् । करिब २० वर्षपछि उनी लमजुङबाट मनाङ उक्लिने तयारी गरेका हुन् । नेकपा नेताहरूका अनुसार मनाङमा देव गुरुङ उम्मेदवार बन्ने पक्का छ ।
लमजुङमा भने हरिजंग तामाङलाई टिकट दिइएको छ । तामाङले आफूलाई गुरुङकै ‘उत्तराधिकारी’का रूपमा प्रस्तुत गरेका छन् ।
‘पार्टीले युवा पुस्तालाई प्राथमिकता दिएको छ,’ उनले भने, ‘अहिले उत्तराधिकारीका रूपमा मलाई प्रस्तुत गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण