श्रीलङ्काको कम्प्युटर साक्षरता ३८.४ प्रतिशत
सारांश
- श्रीलङ्कामा सन् २०२५ मा डिजिटल सीपको सर्वेक्षणले कम्प्युटर साक्षरता बढेको देखियो।
- सहरी क्षेत्रमा ५२.१ प्रतिशत र ग्रामीण क्षेत्रमा ३६.६ प्रतिशत कम्प्युटर साक्षरता दर छ।
- १५ देखि १९ वर्षका युवाहरूमा कम्प्युटर साक्षरता दर ७५.६ प्रतिशत पुगेको छ।
काठमाडौँ। सन् २०२५ मा श्रीलङ्काको डिजिटल सीपमा सुधार भएको जनगणना र तथ्याङ्क विभागको पछिल्लो सर्वेक्षणले देखाएको छ । वर्षको पहिलो ६ महिनामा राष्ट्रिय कम्प्युटर साक्षरता दर बढेर ३८.४ प्रतिशत पुगेको छ ।
सर्वेक्षणअनुसार सहरी क्षेत्रमा सबैभन्दा बढी साक्षरता दर ५२.१ प्रतिशत रहेको छ भने ग्रामीण क्षेत्रमा ३६.६ प्रतिशत र सुदूर ग्रामिण इलाकामा १८.६ प्रतिशत साक्षरता रहेको थियो ।
सर्वेक्षणले सन् २०२५ को पहिलो अर्धवार्षिकमा पुरुषहरूमा ३९.९ प्रतिशत र महिलाहरूमा ३७.१ प्रतिशतमा कम्प्युटर साक्षरता रहेको देखाएको छ । खासगरी, १५ देखि १९ वर्ष उमेर समूहका युवाहरू सबै उमेर समूहमा सबैभन्दा बढी कम्प्युटर साक्षरता दर ७५.६ प्रतिशत रहेको छ।
श्रीलङ्काको शैक्षिक स्तर डिजिटल सीपसँग जोडिएको पाइएको छ । सामान्य शिक्षा प्रमाणपत्र उन्नत स्तर वा उच्च तहका शिक्षित व्यक्तिहरूको कम्प्युटर साक्षरता दर ७८.६ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ ।
विभागले अंग्रेजीमा साक्षर व्यक्तिहरूमा कम्प्युटर साक्षरता बढी भएको पनि उल्लेख गरेको छ ।
श्रीलङ्काले कम्प्युटर साक्षरतालाई आफैँले कम्प्युटर प्रयोग गर्न सक्ने ५ देखि ६९ वर्ष उमेर समूहका जनसङ्ख्याको एक भागको रूपमा मापन गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण