कञ्चनपुरमा महिला मतदाता बढी
सारांश
- कञ्चनपुरमा हुने निर्वाचनमा महिला मतदाताको संख्या पुरुषको भन्दा बढी छ ।
- निर्वाचन क्षेत्र नं २ मा सबैभन्दा धेरै र क्षेत्र नं १ मा सबैभन्दा कम मतदाता छन् ।
- मतदान केन्द्रको संख्या बढाइएको छ र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।
कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको सङ्ख्या यहाँ तीन लाख १४ हजार ३८५ रहेको छ । तीमध्ये महिला मतदातको सङ्ख्या एक लाख ६० हजार ३१६ छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले महिला मतदाता एक लाख ६० हजार ३१६ छ भने पुरुष मतदाताको सङ्ख्या एक लाख ५४ हजार ६८ रहेको जानकारी दिए । उनका अनुसार महिला मतदाताको सङ्ख्या पुरुषको भन्दा छ हजार २४८ बढी हो ।
जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको जनाउँदै क्षेत्र नं २ मा सबैभन्दा बढी एक लाख नौ हजार ५७४ मतदाता रहेका उल्लेख गरे । सबैभन्दा कम निर्वाचन क्षेत्र नं १ मा एक लाख एक हजार ७२४ मतदाता छन् ।
मतदाताको सङ्ख्यालाई मध्यनजर गरी मतदान केन्द्र निर्धारण गरिएको सूचना अधिकारी महराले बताए । अघिल्लो निर्वाचनमा तीन सय ४६ मतदान केन्द्र रहेकामा यस पटक केन्द्रको सङ्ख्या बढाएर तीन सय ६० पुर्याइएको उनले जानकारी दिए ।
कृष्णपुर नगरपालिकामा रहेका दुई वटा मतदानस्थलको स्थान परिवर्तन गरिएको छ । मतदानस्थल भने साबिककै एक सय ३२ कायम गरिएको छ । निर्वाचन क्षेत्र नं ३ मा दुई वटा अस्थायी मतदान केन्द्र राख्नेबारे छलफल भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी महराले बताए ।
तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जानकारी दिँदै उनले कर्मचारी खटाउने, सुरक्षाकर्मी खटाउने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने कार्य गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण