सर्लाहीमा पूर्व उपप्रधानमन्त्री श्रेष्ठलाई तामाङ समुदायको स्वागत
सोमबार, ०५ माघ २०८२, १२ : ५४
सारांश
- सर्लाहीको हरिवन नगरपालिकामा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई तामाङ समुदायले भव्य स्वागत गर्यो।
- स्वागत कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी र पार्टीका नेताहरूको उपस्थिति थियो, जहाँ श्रेष्ठलाई फूलमाला र खादाले स्वागत गरियो।
- श्रेष्ठले समावेशी विकास, सामाजिक न्याय र सुशासनप्रति प्रतिबद्धता जनाउँदै स्थानीय तहको विकासमा सहकार्यको महत्वबारे बोले।
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–५ मा तामाङ समुदायले पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भव्य स्वागत गरेको छ । सोमबार उनीहरुले श्रेष्ठलाई भव्य स्वागत गरेका हुन् ।
कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा पार्टीका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । उनीहरूले फूलमाला, खादासहित श्रेष्ठको स्वागत गरेका हुन्।

समुदायसँगको भेटघाटमा श्रेष्ठले समावेशी विकास, सामाजिक न्याय र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै स्थानीय तहको विकासमा सबै समुदायको सहकार्य अपरिहार्य रहेको बताए।
स्वागत कार्यक्रमले तामाङ समुदाय र राजनीतिक नेतृत्वबिचको सम्बन्धलाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण