मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेका जगदिश कुसियैतको टिकट खोसियो, कांग्रेस छाडेर आएका हुसेन बने उम्मेदवार

सोमबार, ०५ माघ २०८२, १४ : ०१
सोमबार, ०५ माघ २०८२

सारांश

  • नेकपा एमालेले सुनसरी-४ मा जगदिशप्रसाद कुसियैतको टिकट खोसेको छ।
  • पार्टीले कुसियैतलाई सुनसरी-३ बाट सार्दै सुनसरी-४ मा उम्मेदवार बनाउने निर्णय सच्याएको थियो।
  • कांग्रेसबाट एमालेमा प्रवेश गरेका आब्बुल अन्सारीलाई कुसियैतको स्थानमा टिकट दिइएको छ।

विराटनगर । सुनसरी क्षेत्र नं. ४ मा नेकपा एमालेले जगदिशप्रसाद कुसियैतलाई दिएको टिकट खोसेको छ ।

गत शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले कुसियैतलाई सुनसरी–३ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई आइतबार सच्याएर सुनसरी–४ मा उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सोमबार कुसियैतको टिकट खोसेर कांग्रेसबाट सोमबार मात्र एमालेमा प्रवेश गरेका आब्बुल अन्सारीलाई उम्मेदवारीको टिकट थमाइएको छ । हुसेन कांग्रेसबाट टिकट नपाउने भएपछि एमालेमा प्रवेश गरेका थिए ।

जगदीशको क्षेत्र र जिल्लाबाट एकल नाम सिफारिस भएको थियो । एकल नाम सिफारिस हुँदा पनि भर्खरै पार्टी फेरेर आएकालाई उम्मेदवार बनाइएको भन्दै उनी आक्रोशित बनेका छन् । गत चुनावमा नेपाली कांग्रेसका पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग कुसियैत ११२ भोटको झिनो मतान्तरले पराजित भएका थिए ।

एमाले सुनसरीका इन्चार्जसमेत रहेका कुसियैतले आफू उम्मेदवारीबाट ब्याक नहुने बताएका छन् । उनको असन्तुष्टिलाई साम्य पार्न सुनसरी–२ मा उठाएर रेवतीरमण भण्डारीलाई ब्याक गर्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप