सुँगुरको मिर्गाैला प्रत्यारोपण गरेका व्यक्तिमा हालियो मानव मिर्गौला
वासिङटन डीसी । एक वर्षअघि टिम एन्ड्रयूज जिन परिवर्तन गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो मानिस बनेका थिए । तर अब उनकोमा मानव मिर्गौला हालिएको छ ।
‘म त्यो पुल पार गर्ने पहिलो व्यक्ति हुँ । सुँगुरको मिर्गाैला हालेपछि मानव मिर्गाैला पाउने म संसारकै पहिलो व्यक्ति हुँ । यो अनुभव साँच्चै अद्भूत छ,’ सीएनएनसँग कुरा गर्दै न्यू ह्याम्पसायरका ६७ वर्षीय एन्ड्रयूजले भने ।
मधुमेह र अन्तिम चरणको मिर्गाैला रोगबाट पीडित एन्ड्रयूजको शरीरमा २०२५ जनवरी २५ मा सुँगुरको मिर्गाैला हालिएको थियो । त्यो मिर्गाैलाको साथमा उनी २७१ दिनसम्म रहे । यो हालसम्मकै सबैभन्दा लामो समय मानिन्छ । तर मिर्गौलाले काम गर्न छाडेपछि अक्टोबरमा यसलाई हटाइयो र उनी फेरि डायलाइसिसमा फर्कन बाध्य भए । डायलाइसिसको पीडादायी जीवनले उनलाई मानसिक रूपमा कमजोर बनाएको थियो । ‘म रोएँ,’ आफ्नो पीडा सम्झदै एन्ड्रयूज भन्छन् ।
त्यो वर्ष आफू बाँच्नै सक्दिनँ कि भन्ने डर लागेको उनले परिवारलाई बताएका थिए । तर जनवरी १२ को मध्यरातमा म्यासाचुसेट्स जनरल ब्रिघम अस्पतालबाट फोन लगभग पूर्ण रूपमा मिल्ने मानव मिर्गाैला फेला परेको भनेर उनलाई फोन आयो । भोलिपल्ट बिहान ८ बजे उनको प्रत्यारोपण शल्यक्रिया गरियो । अब उनी शुक्रबार घर फर्किने तयारीमा छन् । अहिले प्रत्यारोपणका लागि मानव अंगको निकै अभाव छ । एन्ड्रयूजमा गरिएको पछिल्लो प्रयोगले भविष्यमा जेनोट्रान्सप्लान्टेसन (मान्छेमा जनावरको अंग प्रत्यारोपण)ले मानव अंगको अभाव समाधान गर्ने महत्त्वपूर्ण विकल्प बन्न सक्ने आशा बलियो बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण