स्वर्णिम वाग्लेले भने– सङ्घीयतामा सुधार गर्नेछौँ
सारांश
- डा. स्वर्णिम वाग्लेले संघीयतामा सुधार आवश्यक रहेको बताए।
- उनले रास्वपा संघीयतामा सुधार गर्न प्रतिबद्ध रहेको बताए।
- उनले प्रदेश सभालाई सुधार गर्ने र संघीयताका विकृति हटाउने कुरा गरे।
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संघीयतामा सुधार आवश्यक रहेको बताएका छन् ।
जनकपुरमा सोमबार आयोजित उद्घोष सभालाई सम्बोधन गर्दै वाग्लेले संविधानभित्रै रहेर सङ्घीयतामा सुधार गरिने बताएका हुन् ।
उनले रास्वपालाई संघीयता विरुद्ध भनेर प्रचार गरिएको चर्चा गर्दै रास्वपा सबै नेपालीको समतामुलक उन्नतिप्रति कटिबद्ध रहने विश्वास दिलाए । उनले सामाजिक न्यायसहितको विकासको पक्षपाती पार्टीका रूपमा रास्वपा रहेको प्रस्ट पारे ।
‘अहिलेको संघीय ढाँचामा सुधार चाहिएको छ,’ उनले भने, ‘रास्वपाले अहिले भएका सात वटा प्रदेशलाई तलमाथि गर्ने छैन । हामी संघीयताका नाममा गरिएका बदमासी र विकृतिलाई पखाल्छौँ । संविधानकै खाकाभित्र रहेर, संविधानकै धारामा रहेर सुधार गर्छौं ।’
डा. वाग्लेले प्रदेशमा अपरिपक्व संसदीय अभ्यास हुने गरेको जिकिर गरे । ‘संघीय संसदमा पुग्न नसक्नेलाई पार्किङ गर्ने थलोका रूपमा दलहरूले प्रदेश सभालाई प्रयोग गरेका छन् । त्यसलाई हामी सुधार गर्छौं ।’
काण्डैकाण्डको भारी, तीन महिनामा चार–चार जना मुख्यमन्त्री बनाएको, सयौँ मन्त्री बनाएको प्रणालीलाई सुधार गर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण