जेनजी आन्दोलनमा जलाइएका संरचनाको निरीक्षण गरेर अध्यक्ष ओलीले चुनावी अभियान सुरु गर्ने
सारांश
- केपी शर्मा ओलीले झापामा जेनजी आन्दोलनमा ध्वस्त पारिएका संरचनाको निरीक्षण गर्ने भएका छन्।
- ओलीले दमकस्थित इलाका प्रहरी कार्यालयको भवनबाट निरीक्षण सुरु गर्नेछन् र पीडितहरूसँग भेटघाट गर्नेछन्।
- उनले भदौ २४ गते तोडफोड गरिएका २५ वटा संरचनाको निरीक्षण गर्ने र निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नेछन्।
झापा । उम्मेदवारी दर्ताका लागि झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा जलाइएका सरकारी र व्यक्तिगत संरचना निरीक्षण गरेर आफ्नो चुनावी अभियान थाल्ने भएका छन् ।
पार्टी क्षेत्रीय समन्वय कमिटी झापा ५ का संयोजक नारायण प्रसाद गौतमका अनुसार भदौ २४ गते विध्वंसकारी समूहले तोडफोड र आगजनी गरेका यस क्षेत्रका सम्पूर्ण संरचनाहरू अध्यक्ष ओलीले निरीक्षण गर्ने र पीडितहरूलाई भेट्ने कार्यक्रम रहेको छ । आज दमक स्थित इलाका प्रहरी कार्यालयको भवनको निरीक्षण गरेर सुरु गरिने गौतमले जानकारी दिए ।
एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलका अनुसार बिहान १० बजे देखि १२ बजेसम्म अध्यक्ष ओलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गर्ने र पीडितहरूलाई भेट्ने कार्यक्रम तय गरिएको छ । आज इलाका प्रहरी कार्यालय दमक, दमक नगरपालिका, दमकका मेयर राम थापाको निवास,नेपाली कांग्रेसको पार्टी कार्यालय, पूर्व मेयर रोमनाथ ओलीको निवास, अध्यक्ष ओलीको आफ्नो निवास, नेपाली कांग्रेस दमक नगरको कार्यालय, एमाले दमक कार्यालय र एमालेका युवा नेता बुद्धि थापाको निवास आदिको निरीक्षण गर्ने योजना बनाइएको छ । आजै १ बजे अध्यक्ष ओलीले फागुन २१ गते हुने निर्वाचनका लागि झापा ५ बाट उम्मेदवारी दर्ता गर्ने र अन्य राजनीतिक बैठकहरू भएकोले जलाइएका अन्य संरचनाहरू अर्को दिन निरीक्षण गर्ने कार्यक्रम बनाइने पौडेलले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा झापा क्षेत्र नं ५ मा सरकारी र व्यक्तिगत गरी करिब २५ वटा संरचना ध्वस्त पारिएका थिए ।
गौतमका अनुसार यस क्षेत्रका अन्य पालिकाहरू कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा जलाइएका संरचना पनि अध्यक्ष ओलीले समय व्यवस्थापन गरेर निरीक्षण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण