सुनको मूल्य आज पनि बढ्यो, फेरि ऐतिहासिक रेकर्ड
मङ्गलबार, ०६ माघ २०८२, ११ : १९
सारांश
- आज सुनको मूल्य प्रतितोला २,७०० रुपैयाँले बढेर २ लाख ८४ हजार ७०० रुपैयाँ पुगेको छ।
- सोमबार सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ प्रतितोला थियो।
- चाँदीको मूल्य पनि आज प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ पुगेको छ।
काठमाडौँ । सुनको मूल्यले आज पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोकेको मूल्य अनुसार आज सुन प्रतितोला २७०० रुपैयाँले बढेर २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको हो ।
सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदी पनि आज प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यो मूल्य ५ हजार ८१० रुपैयाँ रहेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण