मकवानपुर–२ मा बर्तौलाको उम्मेदवारी : भन्छन्– फेरि जित्नेमा ढुक्क छु
सारांश
- नेकपा एमालेका महेश बर्तौलाले मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराए।
- उनले अघिल्लो कार्यकाल पूरा गर्न नपाएको र ताजा जनादेशका लागि जनताकोमा जाने बताए।
- बर्तौलाले स्वच्छ प्रतिस्पर्धा र जनताको विश्वास जित्नेमा आफू ढुक्क रहेको बताए।
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट महेश बर्तौलाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो जित निश्चित भएको दाबी गरे।
बर्तौलाले २०७९ सालको निर्वाचनमा जनताले पाँच वर्षका लागि म्यान्डेट दिएर पठाएको भए पनि पूरा कार्यकाल काम गर्न नपाएको गुनासो गरे। उनले ३२ महिना मात्रै काम गरेर असंवैधानिक तरिकाले संसद विघटन भएको बताए।
जनताको काम गर्न नपाउँदै संसद सकिए पनि अब ताजा जनादेशका लागि आफू जनताको घरदैलोमा जान लागेको उनको भनाइ छ। विधि र प्रक्रिया अनुसार निर्वाचन घोषणा भएको भन्दै उनले यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा लिएको बताए।
आफू लोकतन्त्रलाई जीवन्त बनाउन स्वच्छ र मर्यादित प्रतिस्पर्धाको पक्षमा रहेको बर्तौलाले स्पष्ट पारे। कानुन निर्माण गर्ने थलोमा जानका लागि जनताले यसपटक पनि आफूलाई नै विश्वास गर्नेमा उनी ढुक्क देखिए। एमालेको तर्फबाट आफूले गरेको प्रस्तुति र विगतको भूमिकाका आधारमा जनताले भरोसा गर्ने उनको तर्क छ।
बर्तौलाले चुनावी मैदानमा उत्रिएका अन्य प्रतिस्पर्धी सहयोद्धालाई समेत शुभकामना दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण