थापाले 'होइन होइन' भन्दाभन्दै रश्मिले दर्ता गरे कास्की–२ मा उम्मेदवारी
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंगलबार दिनभरसम्म पनि नेकपा एमालेभित्र रस्साकस्सी चल्यो । एकातिर अघिल्लो दिन टिकट पाएका नेता कृष्ण थापा सामाजिक सञ्जालमार्फत ‘टिकट खोसिएको हल्ला मात्र हो’ भन्दै स्पष्टीकरण दिँदै थिए । तर नेता रश्मि आचार्यले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउन भ्याए ।
योसँगै आचार्य कास्की–२ बाट एमालेको आधिकारिक उम्मेदवार बनेका छन् । कार्यकर्ताको चर्को दबाब र चौतर्फी आलोचना थाम्न नसकेपछि एमाले नेतृत्वले अन्तिम समयमा थापाको टिकट खोसेर आचार्यलाई अघि सारेको हो ।
टिकट खोसिएको खबर बाहिरिएलगत्तै थापाले सामाजिक सञ्जालमा लेखेका थिए, ‘केही समय पहिलादेखि यस क्षेत्रमा एमालेले उम्मेदवार हेरफेर गरेको कुरा सामाजिक सञ्जालमा आइरहेको छ । मलाई कुनै सूचना प्राप्त भएको छैन । सामाजिक सञ्जालमा आएको सूचना सही हो भन्नेमा मलाई किन्चित विश्वास लाग्दैन ।’
उनले आफू नै उम्मेदवार रहेको दाबी गरिरहँदा पार्टीको आधिकारिक पत्र लिएर आचार्य निर्वाचन अधिकृतको कार्यालय पुगे र मनोनयन दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र विज्ञ भन्छन्– सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती
-
‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’
-
नागरिकता लिए पनि अधिकार उपभोग गर्न नपाएकोमा एनआरएनहरूको गुनासो
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण