शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

केपी ओलीको दाबी - झापाका ५ वटै क्षेत्रमा एमाले जित्छ

मङ्गलबार, ०६ माघ २०८२, १४ : ४०
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्।
  • ओलीसँगै कोशी प्रदेशका मुख्यमन्त्री र एमालेका नेता कार्यकर्ता पनि निर्वाचन कार्यालय पुगेका थिए।
  • ओलीले एमालेलाई रास्वपाका कार्यकर्ताले डिस्टर्ब गर्न खोजेको बताए, र आफू डबल मतान्तरले जित्ने दाबी गरे।

काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट नेकपा एमालेका केपी शर्मा ओलीले उम्मेदवारी दिएका छन् । 

 

मंगलबार अपराह्न नेता कार्यकर्तासहित दमकस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् । ओलीको साथमा कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले सचिव हिक्मत कार्की पनि निर्वाचन कार्यालय पुगेका थिए । 

 

ओलीको समर्थक मेनुका काफ्ले र प्रस्तावक रोमनाथ ओली रहेका छन् । ओली अघि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले उम्मेदवारी दर्ता गराएका थिए । तामाङ बाहिरिने क्रममा ओलीसँग भेट भएपछि तामाङले ओलीसँग मत माग्न भ्याएका थिए । 

 

उम्मेदवारी मनोनयअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले अध्यक्ष समेत रहेका ओलीले उम्मेदवारी मनोनयन क्रममा एमालेलाई रास्वपाका कार्यकर्ताले केही डिस्टर्व गर्न खोजेको बताए । उनले शान्तिपूर्ण चुनाव गर्न सरकारको ध्यान जानुपर्ने भन्दै झापाका पाँच वटै निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार निर्वाचित हुने दाबी  गरे । 

साथै ओलीले झापा -५ मा आफू झण्डै डवल मतान्तरले निर्वाचित हुने दाबी गरे । झापा–५ मा रास्वपाबाट बालेन शाह र नेकपाबाट रञ्जित तामाङ लगायतले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप