कालिकोटमा नेकपाभित्र विद्रोहः शाहीविरुद्ध जीवन बुढाले दिए बागी उम्मेदवारी
कालिकोट । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिएको छ ।
पार्टीले आगामी निर्वाचनका लागि आधिकारिक उम्मेदवारका रूपमा महेन्द्रबहादुर शाहीलाई मनोनयन दर्ता गराएको भए पनि उनकै पार्टीका नेता जीवन बुढाले शाहीविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।
पार्टीको आधिकारिक निर्णयलाई चुनौती दिँदै बुढाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । बुढाका अनुसार महेन्द्र शाहीले पटकपटक अवसर पाइसकेको र अहिले पनि त्याग गर्न नचाहेकाले आफूले बागी उम्मेदवारी दिनुपरेको हो । नयाँ पुस्ता र अन्य सक्रिय नेता कार्यकर्ताले पनि अवसर पाउनुपर्ने उनको तर्क छ ।
जीवन बुढा यसअघि राष्ट्रिय सभा सदस्य भइसकेका अनुभवी नेता हुन् । उनले यसपटक शाहीलाई उम्मेदवार नबन्न व्यक्तिगत रूपमा आग्रहसमेत गरेका थिए ।
यता आधिकारिक उम्मेदवार बनेका शाही भने कालिकोटमा नेकपाभित्रका प्रभावशाली नेताका रूपमा स्थापित छन् । उनी २०७० र ०७९ को प्रतिनिधि सभा निर्वाचन तथा ०७४ को प्रदेश सभा निर्वाचनमा सांसद निर्वाचित भइसकेका व्यक्ति हुन् ।
पार्टीका एक प्रभावशाली नेताले बागी उम्मेदवारी दिएपछि कालिकोटमा नेकपालाई चुनावी मैदानमा ठूलो चुनौती सिर्जना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण