धादिङ–२ मा उम्मेदवारीको रोचक दृश्यः घलेले यसरी फर्काए 'हाइज्याक' भइसकेको टिकट
काठमाडौँ । धादिङ–२ मा एमालेको उम्मेदवारी दर्तामा अनौठो दृश्य देखिएको छ । केन्द्रले दिएको टिकट हाइज्याक भएको भन्दै नेता धनबहादुर घले समर्थितले प्रतिरोध गरेर आफैँ उम्मेदवारी दिएका हुन् ।
केन्द्रले सुरुमा उक्त क्षेत्रबाट घलेलाई उम्मेदवार बनाउने निर्णय गर्दै सूची सार्वजनिक गरेको थियो । त्यही अनुसार उनलाई टिकट समेत दिइसकिएको थियो ।
तर, सोमबार केन्द्रले नाम संशोधन गर्दै चन्द्र रिजाललाई उम्मेदवार बनाउने भनेपछि घले समर्थित युवाले पार्टी कार्यालयमा तालाबन्दी नै गरे ।
त्यति मात्रै होइन दिइसकेको टिकट हाइज्याक गरिएको भन्दै टिकट लिएर आउँदै गरेका रिजाललाई बाटोमै रोकेर आफ्नै उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ता गरिसकेपछि मात्रै रिजाललाई निर्वाचन कार्यालय आउन दिइएको एमालेका एक जना जिल्ला सदस्य बताउँछन् ।
त्यसो त घलेका समर्थकले बाटोमै रोकेपछि उनले प्रहरीसँग बाटोबाटै सुरक्षासमेत मागेको बताइएको छ । तर जब उनी निर्वाचन कार्यालय पुगे, एमालेको नाममा आधिकारिक उम्मेदवारको रूपमा घलेलाई कायम गरिसकेको जनाउ मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको थियो ।
बिहानै कार्यालयमा विरोध र तालाबन्दी गरेपछि केन्द्रसँग समन्वय गरेर सुरूकै टिकटलाई कायम गरेको एमाले धादिङले जनाएको छ ।
रिजाल ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी हुन् । घले भने स्थानीय व्यवसायी हुन् ।
धादिङ–२ मा कांग्रेसबाट रमेश धमला र रास्वपाबाट बोधनारायण श्रेष्ठ, राप्रपाबाट बुद्धिमान तामाङ र नेकपाबाट रामबहादुर भण्डारीको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट (प्रलोपा) बाट क्षेत्र नम्बर २ मा वीरबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण