खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
सारांश
- खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १५ जनाको उम्मेदवारी दर्ता भयो।
- मुख्य निर्वाचन अधिकृतका अनुसार विभिन्न दलका नेताहरूले उम्मेदवारी दर्ता गराए ।
- स्वतन्त्र उम्मेदवारी दिएका डाक्टर राई कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेपछि जिल्ला सभापतिमा पराजित भए ।
खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीका अनुसार नेपाली कांग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट देवबिक्रम राई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट डा हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट चन्द्र बुढाथोकी, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पराजुलीले जानकारी दिए ।
जिल्लाबाट डा राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराएका डा राई नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे लगत्तै जिल्ला सभापतिमा पराजित भएका थिए । निर्वाचनका लागि जिल्लामा १३६ मतदानस्थल तथा १९५ मतदान केन्द्र निर्धारण गरिएको छ । खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रविन मगरले जानकारी दिए ।
विसं २०७९ को निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का रामकुमार राई विजयी भएका थिए । विसं २०७९ मा प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ एमालेले २४ हजार २७१, कांग्रेसले १८ हजार ६७२, तत्कालीन नेकपा (माओवादी केन्द्र) ले ११ हजार ८४५, नेकपा (एकीकृत समाजवादी) ले तीन हजार ३६, जनता समाजवादी पार्टीले दुई हजार २४८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक हजार ४९७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २५५ मत प्राप्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण