कञ्चनपुरका तीन क्षेत्रमा ५५ उम्मेदवारद्वारा मनोनयन दर्ता
सारांश
- कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमा ५५ जनाले उम्मेदवारी दर्ता गराए।
- क्षेत्र नं १ र २ मा १९/१९ जना तथा क्षेत्र नं ३ मा १७ जनाले मनोनयन दर्ता गरे।
- विभिन्न दलका उम्मेदवार र स्वतन्त्र व्यक्तिहरूले मनोनयन दर्ता गराए।
कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुरमा ५५ जनाले मनोनयन दर्ता गराएका छन् । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नम्बर १ र २ मा १९/१९ जना तथा क्षेत्र नम्बर ३ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोपीप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनकसिंह धामी, नेकपा (एमाले) बाट तारा लामा तामाङ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट बीना मगरले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी अनिल राना, मञ्जुदेवी सुनार, यादव सिंह र रुपादेवी विष्टले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपाबाट दिल्लीबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट कटक जहादुर शाही, नागरिक उन्मुक्तीबाट कृष्णबहादुर चौधरी, संयुक्त नागरिकबाट दानियल विक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्रबहादुर शाही, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट पुरन राना थारु, उज्याले नेपालबाट माइकल तामाङले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट राजाराम डँगौरा, आम जनता पार्टीबाट सीता विक, मितेरी पार्टी नेपालबाट सियाराम राना र मङ्गोल नेश्नल अर्गनाइजेशनबाट हुमबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट नारायणप्रकाश (एनपी) साउँद, नेकपा (एमाले)बाट बचनबहादुर सिंह, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट माधव पन्त र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपक बोहराले उम्मेदवारी दर्ता गराएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा स्वतन्त्र र पार्टीबाट गरी १९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट हरिप्रसाद बोहरा, नेकपा (एमाले)बाट डा दीपकप्रकाश भट्ट, नेपाली कम्युनिस्ट पार्टीबाट मानबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ज्ञानेन्द्र महताले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट कर्णबहादुर चन्द, मितेरी पार्टी नेपालबाट किरना थापा, श्रम संस्कृति पार्टीबाट गङ्गादत्त जोशी, राप्रपाबाट पूर्णबहादुर चन्द, उज्यालो नेपालबाट भीम कुमाल, नेपाल मजदुर किसान पार्टीबाट मीनु गिरी, आम जनता पार्टीबाट लक्ष्मीकुमारी विष्टले मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय जनमोर्चाबाट लालबहादुर कुँवर, राष्ट्रिय मुक्तीबाट लोकराज भट्ट, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट विष्णुप्रकाश उपाध्यायले मनोनयन दर्ता गरेका छन् । हर्कबहादुर ऐर, वीरसिंह क्षेत्री र थानेश्वर लेखकले स्वतन्त्रबाट उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ताराप्रसाद जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण