इन्टरको मैदानमा आर्सनलको राज
सारांश
- च्याम्पियन्स लिगमा आर्सनलले इन्टर मिलानलाई ३-१ ले पराजित गर्दै अपराजित यात्रा कायम राख्यो।
- ग्याब्रियल जिससको दुई गोलको मद्दतले आर्सनलले जित हासिल गर्यो, जसले लिग चरणको शीर्ष स्थान सुरक्षित गर्यो।
- आर्सनलले लगातार सातौँ खेल जित्दै क्लब इतिहासकै सबैभन्दा लामो जितको कीर्तिमान बनायो।
सान सिरो । च्याम्पियन्स लिगमा आर्सनलले आफ्नो अपराजित यात्रा कायम राख्दै इटालियन क्लब इन्टर मिलानलाई उसैको मैदानमा पराजित गरेको छ। ग्याब्रियल जिससको दुई गोलको मद्दतले आर्सनलले ३–१ को जित निकाल्दै लिग चरणको शीर्ष दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो।
यो जितसँगै आर्सनलले च्याम्पियन्स लिगमा लगातार सातौँ खेल जित्दै क्लब इतिहासकै सबैभन्दा लामो जितको कीर्तिमान समेत कायम गरेको छ। मिलानमा भएको प्रतिस्पर्धात्मक खेलको १०औँ मिनेटमै जिससले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, घरेलु टोली इन्टरले खेलमा फर्कन धेरै समय लगाएन। निकोलो बरेलाको प्रहार ब्लक भएपछि प्राप्त बललाई पेटार सुसिचले डिबक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोलमा परिणत गरे र खेल १–१ को बराबरीमा ल्याए।
बराबरीपछि दबाबमा देखिएको आर्सनलले पुनः सेट-पिसकै रणनीतिबाट अग्रता लियो। खेलको ३१औँ मिनेटमा बुकायो साकाको कर्नरलाई लियान्द्रो ट्रोसार्डले हेडमार्फत मिलाइदिएपछि अनमार्क रहेका जिससले सहजै बललाई जाली चुमाए। यो सिजन कर्नरबाट आर्सनलले गरेको यो १९औँ गोल हो, जुन युरोपका शीर्ष पाँच लिगका क्लबहरूमध्ये सबैभन्दा बढी हो।
खेलको अन्त्यतिर वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका भिक्टर ग्योकेरेसले डिबक्सको छेउबाट उत्कृष्ट गोल गर्दै आर्सनलको जित निश्चित गरे।
यो जितसँगै आर्सनलले फेब्रुअरीमा हुने प्ले-अफ खेल्नु नपर्ने मात्र होइन, नकआउट चरणको दोस्रो लेगमा घरेलु मैदानको फाइदा समेत पाउने निश्चित भएको छ। पराजित इन्टर मिलान भने अङ्क तालिकामा केही तल खस्किएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण