जापानमा ज्वालामुखी पहाड नजिक हरायो पर्यटक सवार हेलिकप्टर
सारांश
- जापानमा ३ जना सवार एउटा हेलिकप्टर बेपत्ता भएको छ, जसमा एक पाइलट र दुई पर्यटक सवार थिए।
- हेलिकप्टर माउन्ट आसो नजिकै बेपत्ता भएको हो, र खोजी कार्य जारी छ, तर हालसम्म हेलिकप्टर फेला परेको छैन।
- बेपत्ता हेलिकप्टर यूएसमा बनेको रोबिन्सन आर ४४ मोडेलको थियो, र घटनापछि कम्पनीले आफ्ना सबै उडान रोकेको छ।
टोकियो । जापानमा ३ जना पर्यटक सवार एउटा हेलिकप्टर बेपत्ता भएको छ । स्थानीय समयअनुसार मंगलबार बिहान १० : ५२ बजे आसो सहरस्थित एक चिडियाखानाबाट उडेको हेलिकोप्टर १० मिनेटको अवलोकन भ्रमणपछि फर्कन नसकेको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन् ।
जापानको माउन्ट आसो नजिकको ज्वालामुखीमा हेलिकप्टर बेपत्ता भएको जनाएको छ । बेपत्ता हेलिकप्टर खोजीका क्रममा दिउँसो करिब ४ बजे प्रहरीको अर्को हेलिकोप्टर परिचालन गरिएको छ ।
सो हेलिकप्टरले माउन्ट आसोका पाँच चुचुरामध्ये एक नाकादाके ज्वालामुखीको क्रेटरभित्र विमानजस्तो वस्तु देखिएको जनाएको छ । तर त्यो वस्तु हराइरहेको हेलिकप्टर नै हो कि होइन भन्ने पुष्टि हुन सकेको छैन । हेलिकप्टरमा ६४ वर्षीय अनुभवी पाइलट र दुई जना यात्रु सवार थिए ।
पाइलटसँग करिब ४० वर्षको उडान अनुभव रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यात्रुहरू एक पुरुष र एक महिला थिए । दुवै ताइवानका नागरिक भएको बताइएको छ ।
यूएसमा बनेको रोबिन्सन आर ४४ मोडेलको उक्त हेलिकप्टर त्यस दिनको तेस्रो अवलोकन उडानका लागि गएको थियो । यसअघि भएका दुई उडानमा कुनै समस्या नदेखिएको हेलिकप्टर सञ्चालक टाकुमी इन्टरप्राइजले जनाएको छ ।
मंगलबार नाकादाके क्षेत्रमा बादल लागेकोले साँझ खोजी कार्य रोकिएको थियो, जुन बुधबार बिहान पुनः सुरु गरिएको छ । घटनापछि टाकुमी इन्टरप्राइजले आफ्ना सबै हेलिकप्टर उडान अस्थायी रूपमा रोकेको छ ।
कुमामोतो प्रान्तमा पर्ने माउन्ट आसोको ज्वालामुखी दृश्य अवलोकनका लागि गरिने हेलिकप्टर यात्रा पर्यटकका लागि प्रमुख आकर्षण मानिन्छ । माउन्ट आसोमा अन्तिम पटक सन् २०२१ को अक्टोबरमा ज्वालामुखी विस्फोट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
-
कक्षा १२ को नतिजाको विश्वसनीयतामाथि प्रश्न : आन्दोलनको तयारीमा विद्यार्थी
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण