सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मलामी बोकेको जिप दुर्घटनाः एक जनाको मृत्यु, ८ घाइते

बुधबार, ०७ माघ २०८२, १८ : १९
बुधबार, ०७ माघ २०८२

गुल्मी । गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । 

गुल्मीको रुरु क्षेत्र गाउँपालिका–९ रिडी खर्ज्याङ्ग सडक खण्डको खोल्टेपानीमा लु१च ६९८५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो ।

पाल्पाको जोगथुमबाट रिडी घाटतर्फ मलामी लिएर आउँदै गरेको उक्त जिप दुर्घटना हुँदा नौ जना घाइते भएका थिए, जसमध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी गङ्गा बहादुर सारुले जानकारी दिएका छन् । 

मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका–१ निवासी २६ वर्षीय टिकाराम कुमाल रहेका छन् । रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते हुनेहरूमा पाल्पा, जोगीथुमका ३० वर्षीय सुरज कुमाल, ३२ वर्षीय अर्जुन कुमाल, ४२ वर्षीय माधव कुमाल, ५५ वर्षीय याम बहादुर कुमाल, ५५ वर्षीय कृष्ण बहादुर कुमाल, ६१ वर्षीय धोज बहादुर कुमाल, ३३ वर्षीय सोम बहादुर कुमाल र ४५ वर्षीय खडक बहादुर कुमाल रहेका छन्। उनीहरूको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप