‘जय हो’ गीतको विवादमा रामगोपाल वर्माको स्पष्टीकरण
सारांश
- एआर रहमानले बलिउडमा काम नपाएको बताएपछि विवाद सुरु भएको छ।
- निर्देशक रामगोपाल वर्माको पुरानो अन्तर्वार्तामा 'जय हो' गीत रहमानले नभई सुखविंदर सिंहले कम्पोज गरेको दाबी गरिएको छ।
- वर्माले पछि स्पष्टीकरण दिँदै रहमानको बचाउ गरेका छन्, र सुखविंदर सिंहले पनि उक्त दाबीलाई खण्डन गरेका छन्।
मुम्बई । बलिउडका चर्चित संगीतकार एआर रहमान यतिबेला आफ्नो एक विवादास्पद बयानका कारण चर्चामा छन्।
साम्प्रदायिक कारणले विगत ८ वर्षदेखि बलिउडमा काम नपाएको भन्ने उनको दाबीपछि सुरु भएको विवादका बिच निर्देशक रामगोपाल वर्माको एउटा पुरानो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त भिडियोमा रहमानलाई ओस्कर दिलाउने प्रसिद्ध गीत ‘जय हो’ रहमानले नभई सुखविंदर सिंहले कम्पोज गरेको दाबी गरिएको थियो।
यस विषयमा विवाद बढ्दै गएपछि रामगोपाल वर्माले सामाजिक सञ्जाल एक्समार्फत स्पष्टीकरण दिएका छन्। उनले आफ्नो कुरालाई गलत अर्थ लगाइएको बताउँदै रहमानको बचाउ गरेका छन्।
वर्माले लेखेका छन्, ‘म सबैलाई भन्न चाहन्छु कि जय हो गीतका बारेमा मेरो भनाइलाई गलत बुझियो। मेरा लागि एआर रहमान सबैभन्दा उत्कृष्ट संगीतकार र निकै राम्रो मान्छे हुन्। उनले कहिल्यै कसैको श्रेय लिँदैनन्। मलाई आशा छ, यस स्पष्टीकरणले सबै भ्रम र नकारात्मकता अन्त्य गर्नेछ।’
भाइरल भिडियोमा वर्माले दाबी गरेका थिए कि सुभाष घईको फिल्म ‘युवराज’ का लागि रहमानले संगीत तयार पार्न ढिलाइ गरेपछि घईले सुखविंदरबाट गीत बनाउन लगाएका थिए। त्यतिबेला रिजेक्ट गरिएको सोही गीत पछि ‘स्लमडग मिलेनियर’ मा प्रयोग भएको र त्यसैले ओस्कर जितेको दाबी गरिएको थियो।
यसअघि गायक सुखविंदर सिंहले पनि यो दाबीलाई खण्डन गरिसकेका छन्। सन् २०२४ मा दिएको एक अन्तर्वार्तामा सुखविंदरले ‘जय हो’ गीत आफूले कम्पोज नगरेको प्रस्ट पारेका थिए। उनले भनेका थिए, ‘मैले यो गीतमा केवल स्वर दिएको हुँ, यसको वास्तविक संगीतकार एआर रहमान नै हुन्।’
रहमानले पछिल्लो समय बलिउडमा आफूमाथि भेदभाव भएको भन्दै दिएको अभिव्यक्तिले उद्योगलाई दुई भागमा बाँडिदिएको छ। केहीले उनको समर्थन गरेका छन् भने केहीले उनको आलोचना गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण