डोनाल्ड ट्रम्प र जेलेन्सकीबिच भेटवार्ता हुँदै
बिहीबार, ०८ माघ २०८२, १५ : ४०
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार डाभोसमा आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने भएका छन् ।
सीएनएनका अनुसार ट्रम्पले डाभोसमा विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)मा बोल्दा जेलेन्स्की बुधबार कीभमा थिए । ‘म राष्ट्रपति जेलेन्स्कीसँग कुराकानी गरिरहेको छु, र मलाई लाग्छ कि उनी सम्झौता गर्न चाहन्छन्,’ ट्रम्पले बताएका थिए ।
वार्ताकारहरूले युक्रेनमा रूसको युद्ध अन्त्य गर्नेतर्फ आफ्नो देशको लागि समृद्धि र सुरक्षा प्याकेजहरू दृढ बनाए मात्र आफूले डाभोसमा ट्रम्पसँग भेट्ने मंगलबार जेलेन्स्कीले बताएका थिए ।
ट्रम्पका विदेश दूत स्टीव विटकोफ र उनका ज्वाइँ जारेड कुशनरले रूसी राष्ट्रपति पुटिनसँग भेट्न मस्को जानै लाग्दा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण