९.२३ अङ्कले बढ्यो सेयर बजार, ९ अर्ब ७ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) परिसूचकमा सुधार देखिएको छ । यो दिन नेप्से ९.२३ अङ्कले बढेर २७१४.६१ विन्दुमा पुगेर बन्द भएको हो ।
बजार बढेसँगै कारोबार रकममा उल्लेख्य रहेको छ । आज दिनभरिमा कुल ३३२ कम्पनीका १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कुल १६२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ८८ कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज तीन वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले मूल्य बढ्ने कम्पनीहरूमा एसवाई प्यानल, श्रीनगर एग्रोटेक त्रिशुली जलविद्युत कम्पनी रहेका छन् । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत अग्रस्थानमा रहेको छ । यस कम्पनीको ४० करोड ८२ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, मञ्जुश्री फाइनान्स ३५ करोड ९४ लाख र एसवाई प्यानलको ३२ करोड ९५ लाख रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहे ।
आज बजार बन्द हुँदा कुल बजार पुँजीकरण ४५ खर्ब ५७ अर्ब ८९ करोड ९५ लाख पुगेको छ । फ्लोट मार्केट क्यापिटलाइजेसन १५ खर्ब ५३ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो रास्वपाको सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण