उपेन्द्र यादवको चुनावी अभियान : ग्रामीण छलफल, भेटघाट र स्थानीय मुद्दा मुख्य प्राथमिकता
राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष यादवको अहिले मुख्य प्राथमिकता हो– ग्रामीण भेगका जनतासँग छलफल, भेटघाट र स्थानीय मतदाता समस्या र गुनासाहरूको पहिचान ।
यही दैनिकीलाई उनले प्राथमिकता दिएर चुनावी अभियानलाई निरन्तरता दिइरहेका छन् ।
यसैक्रममा, बिहीबार क्नेश्वरी नगरपालिका स्थित कटैया फत्तेपुरमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले क्षेत्रको समस्याबारे अवगत गराएका छन् ।
सहभागीहरूले गाउँलाई जोड्ने सडकहरूको जर्जर अवस्था, सिँचाइ अभाव, विद्यालयहरूमा शैक्षिक गुणस्तरमा कमी, भरपर्दो स्वास्थ्य सुविधा नरहेको, गरिबी तथा बेरोजगारी समस्याबारे जसपा अध्यक्ष यादव समक्ष गुनासो गरेका छन् ।
कार्यक्रममा अध्यक्ष यादवले सप्तरीको विकास तथा समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताए । विगतमा सप्तरीका जनताबाट निर्वाचित हुँदा दूरगामी सोचका साथ शिक्षा, स्वास्थ्य र सडक निर्माण सम्बन्धी थुप्रै कामहरू गरेको उनले चर्चा गरे ।
विगतमा कांग्रेस कम्युनिस्टले सत्ता सञ्चालन गरेको तथा उनीहरूकै जनप्रतिनिधि जितेर गए पनि परिवर्तन नभएको चर्चा गर्दै उनले भोट माग्न आउनेहरूसँग प्रश्न गर्न आग्रह गरे ।
क्षेत्र नम्बर ३ मा अत्यधिक गरिबी, अशिक्षा र बेरोजगारी रहेकोप्रति चिन्ता व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जसपा नेपालका उम्मेदवारहरूलाई भारी मतले जिताउन अध्यक्ष यादवले आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण