सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भेनेजुएलामा अमेरिकी नियोगका लागि नयाँ प्रमुखमा डोगु नियुक्त

बिहीबार, ०८ माघ २०८२, २२ : २८
बिहीबार, ०८ माघ २०८२

सारांश

  • अमेरिकाले भेनेजुएलामा नयाँ दूतावास प्रमुख नियुक्त गरेको छ।
  • नयाँ प्रमुखमा लौरा एफ डोगुलाई नियुक्त गरिएको छ, जो यसअघि निकारागुआ र होन्डुरसका लागि राजदूत थिइन्।
  • यो कदम भेनेजुएलासंगको सम्बन्ध सुधारको प्रयासको एक हिस्सा हो।

काठमाडौँ । अमेरिकाले भेनेजुएलामा आफ्नो दूतावासको नयाँ प्रमुख नियुक्त गरेको एक अमेरिकी कुटनीतिक स्रोतले बिहीबार एएफपीलाई बताएको छ ।

भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजको नेतृत्वमा घनिष्ठ सम्बन्ध बढाउने प्रयासमा अमेरिकी ट्रम्प प्रशासनले नयाँ प्रमुखको रूपमा निकारागुआ र होन्डुरसका लागि पूर्व राजदूत लौरा एफ डोगुलाई नियुक्त गरेको हो ।

लामो समयदेखि राष्ट्रपति रहेका निकोलस मदुरोलाई यसै महिना अमेरिकी सैन्य कारबाहीमा पदच्युत गरिएको थियो । सम्बन्धलाई क्रमशः सुमधुर बनाउँदै लानका लागि डोगुलाई भेनेजुएलाको नयाँ प्रभारी राजदूत नियुक्त गरिएको हो ।

सन् २०१९ मा काराकास र वासिङ्टनबिचको सम्बन्ध टुटेको थियो, तर जोन म्याकनामाराले गत वर्षदेखि भेनेजुएलाका लागि अमेरिकी कार्यवाहक राजदूत भएर काम गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप