शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सरस्वती पूजाको अवसरमा अक्षरारम्भ (तस्बिरहरू)

शुक्रबार, ०९ माघ २०८२, ०९ : ०५
शुक्रबार, ०९ माघ २०८२

काठमाडौँ । आज माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी । हिन्दु धर्मावलम्बीहरूले, यस दिन विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् । 

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

basanta panchami (2)

भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको ुसरस्वती कवचुको मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणवाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले आजकै दिन सिद्धि प्राप्त गरेको भन्ने कथन पनि छ ।

basanta panchami (3)

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । सोही विश्वासका साथ आज बिहानै देखि स्वयम्भू लगायत देशभरका सरस्वती मन्दिरहरुमा श्रद्धालुहरूको घुइँचो लागेको छ ।

basanta panchami (4)basanta panchami (5)basanta panchami (6)basanta panchami (7)basanta panchami (8)basanta panchami (9)basanta panchami (10)basanta panchami (11)basanta panchami (12)basanta panchami (13)basanta panchami (14)basanta panchami (15)basanta panchami (16)basanta panchami (17)basanta panchami (18)basanta panchami (19)basanta panchami (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप