ट्राफिक प्रहरीको अनलाइन प्रणालीमा समस्या
शुक्रबार, ०९ माघ २०८२, १२ : २१
सारांश
- काठमाडौं उपत्यका ट्राफिक प्रहरीको अनलाइन प्रणालीमा समस्या आएको छ।
- हराएका लाइसेन्स, सवारी दर्ता किताब र सवारी इजाजतपत्र सम्बन्धी आवेदन दिने वेबसाइटमा समस्या आएको छ।
- प्राविधिक समस्या समाधान गरी छिट्टै अनलाइन प्रणाली सुचारु गरिनेछ।
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको अनलाइन प्रणालीमा समस्या आएको छ । हराएका लाइसेन्स, सवारी दर्ता किताब र सवारी इजाजतपत्र सम्बन्धी आवेदन दिने वेबसाइटमा समस्या आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्राविधिक कारणले आएको समस्या समाधान गरेर छिट्टै अनलाइन प्रणाली सुचारु गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए ।
अनलाइन प्रणालीमा समस्या आउँदा सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति ट्राफिक प्रहरीले क्षमायाचना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण