फिल्म ‘रोल नं. १’ आगामी जेठमा प्रदर्शनमा आउने
सारांश
- नयाँ वर्ष २०८३ को जेठ १५ गतेदेखि फिल्म 'रोल नं. १' प्रदर्शनमा आउने भएको छ।
- सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको फिल्म म्याग्दीका रमणीय स्थानमा खिचिएको छ।
- फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र बाल कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म ‘रोल नं. १’ नयाँ वर्ष २०८३ को जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शुक्रबार सरस्वती पूजा (वसन्त पञ्चमी) को अवसर पारेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता विनोद पौडेल हुन् । फिल्म नेपाल र विदेशमा एकसाथ एकसाथ प्रदर्शनमा ल्याइने छ ।
हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा खिचिएको फिल्म जोन योञ्जनले निर्देशन गरेका हुन् । ‘बाल मनोविज्ञान’ मा आधारित फिल्मको फष्ट लुक्स पोस्टरमा एउटा बालकले कक्षाकोठामा हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको थियो । जसको दृश्यले धेरैको ध्यान खिचेको थियो ।
महेश दवाडीको लेखन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । फिल्ममा बाल–कलाकारमा निर्भीक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौँलागाईं हुन् । शिवराम श्रेष्ठको डीओपी रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला सङ्ग्रौला र प्रोडक्सन हेड मनोज जोशी छन् ।
फिल्मका सम्पादक मदन घिमिरे हुन् । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण