राजनीति
गगन थापाको प्रतिबद्धता : बदल्यौँ कांग्रेस, बदल्छौँ देश
शुक्रबार, ०९ माघ २०८२, १५ : ५९
सारांश
- गगन थापाले कांग्रेस सभापतिको पदभार ग्रहण गर्दै पहिलो हस्ताक्षर प्रतिबद्धतामा गरे।
- उनले 'बदलयौं कांग्रेस, बदल्छौं देश' भन्ने संकल्पका साथ नयाँ यात्रा सुरु गरेका छन्।
- विशेष महाधिवेशनबाट निर्वाचित भएपछि केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालयमा बस्यो।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पहिलो हस्ताक्षर आफ्नो प्रतिबद्धतामा गरेका छन् ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको ८ दिनपछि पदबहाली गर्न पार्टी कार्यालय सानेपा पुगेका थापाले पहिलो हस्ताक्षर प्रतिबद्धतामा गरेका हुन् ।
उनले पहिलो हस्ताक्षर गरेको प्रतिबद्धतामा लेखिएको छ, ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश । यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दै छौँ हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’
पद बहाली भएपछि विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक पार्टी कार्यालयमा बसिरहेको छ ।
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण