सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैतडीमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका चन्दले लिए उम्मेदवारी फिर्ता

शुक्रबार, ०९ माघ २०८२, १७ : १२
शुक्रबार, ०९ माघ २०८२

धनगढी । बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको लागि  स्वतन्त्र उम्मेदवारी दर्ता गराएका तेज बहादुर चन्दले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका चन्दले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका तेज बहादुर चन्दले यसअघि सामाजिक सञ्जालबाट आफूले नेपाली कांग्रेस त्यागेको घोषणा गरेका थिए ।

दलगत राजनीति त्यागेर स्वतन्त्र रूपमा नयाँ राजनीतिक रूपमा अघि बढ्ने बताउँदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका थिए । तर अहिले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

अब जिल्लामा एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप