बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हुम्लामा हिमपात, जनजीवन प्रभावित

शनिबार, १० माघ २०८२, ०३ : ४४
शनिबार, १० माघ २०८२

सारांश

  • हुम्लामा हिमपात भयो, जसले जनजीवन कष्टकर बनायो ।
  • लामो समयपछि हिउँ परेकोमा किसान खुसी भए ।
  • नाम्खा गाउँपालिका हुँदै हिल्सा जाने बाटो हिमपातले बन्द भयो।

हुम्ला । हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएका छन् ।

हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा धेरै पानी वरपरे पश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ ।

हिमपातले जनजिवन कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउँपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप