पूजाको आइटम डान्स खिच्दै सकियो ‘कल्ली’को छायाङ्कन
सारांश
- चलचित्र 'कल्ली' को छायांकन नायिका पूजा शर्माको आइटम डान्स सहित सम्पन्न भयो।
- फिल्मको छायांकन ६० दिनमा सकिएको हो र यसमा उत्तम प्रधान, सौगात मल्ल लगायतका कलाकारको अभिनय रहेको छ।
- फिल्ममा आशिष अविरलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र लक्ष्मण सुनारको कथा तथा निर्देशन रहेको छ।
काठमाडौँ । फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘कल्ली’को छायाङ्कन सकिएको छ । नायिका पूजा शर्माको आइटम डान्स ‘क्या राम्री’ चोभारमा छायाङ्कन गर्दै फिल्म सकिएको हो । फिल्मको छायाङ्कन ६० दिनमा प्याकअप भएको निर्माता किरण नेपालीले जानकारी दिए ।
आशिष अविरलको संगीतमा तयार भएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । आशिष अविरल र मेलिना राईका स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द छ । यो गीत आफूलाई सुन्ने बित्तिकै मन परेकाले काम गरेको नायिका शर्माले बताइन् ।
बिहेपश्चात पूजाले यही फिल्मको गीतमा पहिलो पटक काम गरेकी हुन् । करिअरमै पहिलो पटक आइटम डान्स गर्न पाउँदा खुशी लागेको पूजाको तर्क थियो । यो गीतको भिडियोमा पूजाको साथमा नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले नृत्य गरेका छन् ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन, महेश दवाडीको लेखन छ ।
यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री, श्याम मगरको मुख्य भूमिका छ । यस्तै, यो फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको भूमिकामा छन् ।
निसाल पौडेलको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।
यो फिल्मको टिजर समेत सार्वजनिक भइसकेको छ । जसलाई दर्शकले निकै मन पराएका छन् । फिल्म देवता र राक्षसको कथा भन्छ । यो गीत केही समयपछि नै सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
-
विधिको कुरा गर्नेबाटै उल्लंघन, धरानको बेरुजु ४५ करोड नाघ्यो
-
रास्वपाको दुई प्रतिवेदनमा पार्टी सदस्यता संख्या फरक-फरक : महामन्त्री र कोषाध्यक्षको तथ्याङ्कमा १ लाख ३२ हजारको अन्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण