राष्ट्रिय सभामा संयुक्त उम्मेदवार विजयी बनाउन एमाले संसदीय दलको अपिल
सारांश
- एमाले कर्णाली प्रदेशसभाले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँगको संयुक्त उम्मेदवारलाई विजयी गराउन अपिल गरेको छ।
- बैठकले माघ ११ गते हुने निर्वाचनमा मीनासिंह रखाल र ललितजंग शाहीलाई मतदान गर्न आह्वान गरेको छ।
- मुख्यमन्त्री यामलाल कँडेललाई बधाई दिँदै प्रदेशसभाको सातौँ अधिवेशनमा सक्रिय भूमिका खेल्ने निर्णय गरेको छ।
सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारलाई विजयी बनाउन अपिल गरेको छ ।
आज कर्णाली प्रदेशसभा भवनमा बसेको नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा महिलातर्फ मीनासिंह रखाल र अन्यतर्फ ललितजंग शाहीलाई मतदान गरी विजयी बनाउन सबै अपिल गर्ने निर्णय गरेको हो ।
दलका नेता एवं कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा सम्पन्न बैठकले नेकपा (एमाले) को एघारौँ महाधिवेशनबाट मुख्यमन्त्री कँडेल केन्द्रीय सचिव पदमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
त्यसैगरी, बैठकले माघ १८ गतेदेखि सुरु हुने कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनमा संसदीय दलका सबै सदस्यहरू सक्रिय रूपमा सहभागी भई प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा लापसे गरी सवारी चलाउने ३ चालक पक्राउ
-
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण